चलचित्र कलाकार संघद्वारा नृत्यकारहरुलाई राहत सामाग्री प्रदान



काठमाडौं : सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन गरेको छ । करिव एक महिनादेखि सर्वसाधारण घर बाहिर निस्किन पाएका छैनन् । लकडाउनका कारण खाद्यन्न अभाव भई जनजीवन कष्टकार बन्दै गइरहेको छ । यसै कुरालाई मध्यनजर गदै विभिन्न व्यक्ति, समूह र संस्थाहरुले खाद्यन्न सहित विभिन्न राहत वितरण गरिरहेका छन् ।

त्यस्तै चलचित्र कलाकार संघले लकडाउनका कारण प्रभावित भएका र काठमाडौंमा रहेका नृत्यकारहरुलाई राहत सामाग्री प्रदान गरेको छ । नेपाल नृत्य सङ्घमा आबद्ध करिब ७० जना नृत्यकारहरुलाई दैनिक उपभोग्य सामाग्री उपलब्ध गराएको छ । नेपाल नृत्य सङ्घका कार्यवाहक अध्यक्ष जनक कार्कीले सहयोगको अपिल गरेका थिए । यस अप्ठेरो अवस्थामा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रविन्द्र खड्का र नेपाल शाकाहारी पार्टीले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्