लियो क्लब अफ काठमाडौँ निर्वानाको साधारण सभा सम्पन्न



काठमाडौँ : लियो क्लब अफ काठमाडौँ निर्वानाले आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिवार भएको साधारण सभाले लियो सम्झना प्याकुरेललाई क्लबको पाँचौँ अध्यक्षकाे रूपमा निर्वाचित गरेको हो ।

क्लबको लियो वर्ष २०१९-२० का अध्यक्ष लियो प्रतीक लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका अभिभावक लायन भोजराज न्यौपाने, लायन्स क्लब अफ काठमाडौँ निर्वानाका पूर्वअध्यक्ष लायन आदर्श प्रधान, लियो जिल्ला परिषद् ३२५ बि-२ नेपालका अध्यक्ष लियो सरोज कँडेल , लियो जिल्ला परिषद् ३२५ बि-२ नेपालका उपाध्यक्ष लियो कुबेर पाठक, लियो जिल्ला परिषद् ३२५ बि-२ नेपालका सचिव लियो अब्दुल साजिद, लियो जिल्ला परिषद् ३२५ बि-२ नेपालका कार्यकारी सचिव लियो अनिस लामिछाने, लियो जिल्ला परिषद् ३२५ बि-२ नेपालका एरिया-२ चिफ लियो सुशील कुमार महतो तथा लियो क्लब अफ काठमाडौँ निर्वानाका संस्थापक अध्यक्ष लियो मनिस राज साहले आ–आफ्नो धारण राखेका थिए ।

साधारण सभाले लियो सज्जु थापा, लियो स्मृति घिमिरे, मनिषा प्याकुरेल लाई क्रमश : प्रथम, द्वितीय र तृतीय उपाध्यक्षमा निर्वाचित गरेको छ । क्लबको सचिवमा लियो अस्मिता पाण्डे तथा कोषाध्यक्ष लियो मोनिका देवकोटा नियुक्त भएका छन् ।

क्लबले पाँच वर्षको अन्तरालमा दोस्रो पटक महिला नेतृत्व पाएको हो भने पहिलो पटक क्लबको सम्पूर्ण महत्त्वपूर्ण पदमा महिला सदस्य प्राप्त गरेको हो । समाजमा परिवर्तन ल्याउन महिलाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले यस सामाजिक संस्थामा यो वर्ष महिलाको महिला नेतृत्वका साथ साथै अन्य पदमा पनि महिलालाई ल्याइएको क्लबका अध्यक्ष लियो प्रतीक लम्सालले बताए ।

प्रतिक्रिया दिनुहोस्