प्रधानमन्त्रीले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयोः गौतम



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव नदिएको बताएका छन् ।

आइतबार विज्ञप्तिमा जारी गर्दै शनिबार ओलीसँगको आफ्नो भेटबारे मनमौजी टिकाटिप्पणी भएको बताएका हुन् ।

‘सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरूको सुझाव सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ,’ गौतमले भनेका छन्, ‘उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ, भएको यत्ति हो ।’

अध्यादेश लगायतका समस्या समाधान गर्न पार्टी र पार्टी कमिटीमा प्रत्यक्ष छलफल गर्न सुझाव दिएको गौतमद्वारा विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्