सांसद अपहरण प्रकरण : पूर्व आइजीपी खनाल, नेकपा सांसदद्वय बस्नेत र श्रेष्ठविरुद्ध उजुरी



काठमाडौं : जनता समाजवादी पार्टीले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध उजुरी दिने भएको छ ।

आज (आइतबार) महानगरीय प्रहरी परिसार टेकुमा जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरि काठमाडौं ल्याएका तीन जनाविरुद्ध जनता समाजवादीले किटानी जाहेरी दिन लागेको जनता समाजवादीका नेता शरतसिंह भण्डारीले जानकारी दिए ।

उनीहरु किटानी जाहेरीका लागि नवगठित जनता समाजवादीका नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरु उजुरी दिन प्रहरी परिसर टेकु पुग्दैछन् ।

प्रधानमन्त्री केपी ओलीको निर्देशनमा बुधवार महोत्तरी पुगेर सांसद यादवलाई नेकपाका सांसदसहित पूर्व प्रहरी महानिरिक्षक खनालले बिहीवार काठमाडौं ल्याएका थिए ।

विवादास्पद अध्यादेश ल्याएपछि समाजवादी पार्टी फुटाउन सांसद संख्या पुर्याउने उद्देश्यसहित सांसद यादवलाई काठमाडौं ल्याउन नेकपाको टोली बर्दिवास पुगेका थिए ।

काठमाडौं ल्याएर पाँचतारे होलटमा रहेका यादव त्यहाँबाट उम्केर तत्कालिन समाजवादी पार्टीका नेताहरुको सम्पर्कमा आएका थिए । उनले आफूलाई पार्टी फुटाउने उद्देश्यले अपहरण गरि काठमाडौं ल्याएको बताएका थिए ।

सो प्रकणसँगै समाजवादी पार्टी फुटाउने प्रधानमन्त्री ओलीको योजना असफल भएपछि विवादास्पद अध्यादेशहरु पनि फिर्ता लिन प्रधानमन्त्री ओली वाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्