सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्ध चलखेल गरियो- प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोनाका कारण उत्पन्न राष्ट्रिय संकटविरूद्ध जुधिरहेको र सफल ढंगले काम गरिरहेको सरकारलाई घेराबन्दी गरेर स्थिरताविरूद्ध चलखेल गरेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै थापाले पार्टी एकता र त्यसपछिका सहमतिविपरीत षड्यन्त्र र छलछामको पराकाष्ठा देखिएको पनि उल्लेख गरेका छन् ।

उनले हङ्ग पार्लियामेन्ट भयो भनेर जनताले दुईतिहाइ दिएपनि पार्टी नै हङ्ग भएको गुनासो पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्