उदयपुरमा चिकित्सक र औषधि पठाउन सांसद खड्काको प्रधानमन्त्रीलाई आग्रह



काठमाडौं : नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री डा‍. नारायण खड्काले कोरोनाको संक्रमण देखिएको उदयपुरमा थप स्वास्थ्यकर्मी र औषधि पठाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन् ।

आइतवार खड्काले प्रधानमन्त्रीओलीलाई भेटेर उक्त आग्रह गरेका हुन्। खासगरी पर्याप्त चिकित्सकको कमी, परीक्षणका लागि आवाश्यक सामाग्री र उपकरणहरु अभावबारे जानकारी गराएको उनले बताए।

साथै विशेष गरी टेस्ट किट, एन–९५ मास्क, सेनीटाइजर, भिम्याट, भेन्टिलेटर आदीको अभावका कारण संक्रमणको आशंकामा परीक्षण हुनुपर्ने मानिसहरुको परीक्षण हुन सकेको छैन। यस विषयमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल र कोरोना नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिलाई आवाश्यक निर्देशन दिन अनुरोध पनि गरेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्