मन्त्रिपरिषद बैठक स्थगित



काठमाडौं : आज दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ ।

लकडाउनलाई निरन्तरता दिने विषयमा निर्णय गर्न आइतबार दिउँसो २ बजे बस्ने भनिएको मन्त्रिपरिषदको बैठक साँझ ५ बजेपछि बस्ने भएको छ ।

सरकारले घोषणा गरेको लकडाउनको समयावधि सोमबार सकिने भएपछि सोबारे निर्णय गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

यसअघि शनिबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको कार्यदलले लकडाउन एक साता थप गर्नुपर्ने राय दिएको थियो । लकडाउन प्रभावकारी भएकै कारण कोरोना नियन्त्रण प्रयास सही ट्र्याकमा रहेको निष्कर्ष कार्य दलले निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्