‘न मरी बाँचे भेटौंला‘ भन्दै हरि लम्साल



काठमाडौं : गायक तथा संगीतकार हरि लम्सालको ‘न मरी बाँचे भेटौंला‘ भन्ने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन देशभर लकडाउन गरेको छ । करिव एक महिनादेखि सर्वसाधारण घर बाहिर निस्किन पाएका छैनन् ।

यसै कुरालाई चित्रण गर्दै गायक तथा संगीतकार लम्सालले आफ्नै शब्द सिजृनामा गीत तयार पारेका हुन् । गीत मार्फत उनले हाँस्दै, खेल्दै रमाउँदै अघि बढेको जिन्दगीमा एक्कासी आइपरेको विपतमा सामना गरेर भोलीका दिनमा न मरी बाँचे भेटौंला तर सर्तक भने रहनुपर्छ भन्ने सन्देश दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्