स्याटलाइटबाट लिइएको तस्बिरमा देखियो किम जोङ उनको विशेष रेल



एजेन्सी : उत्तर कोरियाका शासक किम जोङ उनको एउटा विशेष रेल रहेको छ । उक्त रेल एक रिसोट टाउन अगाडि देखा परेको छ । स्याटलाइटबाट लिइएको तस्बिर उक्त कुराको पुष्टि गरेको बताइएको छ ।

वासिंटनमा रहेर उक्त कोरियाको प्रोजेक्टलाई नजिकबाट नियालीरहेको एक समुहले ती तस्बिरहरु सार्वजनिक गरेका हुन् । पछिल्लो समय किमको अवस्था गम्भीर रहेको खबर बाहिर आएको छन भने कतिपय मिडियाले त उनको ३६ वर्षको उमेरमा निधन भएको खबर पनि प्रकाशित गरिरहेका छन् । तर, अप्रिल ११ देखि उनी सम्पर्कबिहिन रहेका छन् ।

उनको शल्यक्रिया भएको र ब्रेन डेड भएको खबर बाहिर आएको थियो । यो समाचारलाई दक्षिण कोरियाका दुई मिडियाले समेत खारेज गरेका थिए । ती मिडियाहरुका अनुसार उनी बिरामी रहेको कुरा सत्य रहेको तर, उनको मृत्युको खबर हल्लामात्र रहेको बताएका थिए ।

उत्तर कोरियालाई नियाली रहेको अमेरिकी समुहका अनुसार किम अप्रिल २१ देखि अप्रिल २३ सम्म वानसानमा रहेका थिए । उक्त स्टेशन किमको परिवार लागि रिजर्भ गरिएको थियो ।

उक्त समुहले भनेको छ उक्त रेल किम कै हो । तर, रोयटर्सले हालसम्म उनी वानसानमा रहेको वा नरहेको त्यसको पुष्टि भने गर्न सकेको छैन ।

रिपोर्टमा भनिएको छ, रेल उक्त स्थानमा भए पनि किम सोही ठाउँमा भएको वा नभएको पुष्टि भएको छैन । तर किम आफु जहिले पनि एलिट क्षेत्रमा बस्दै आइरहेको कुरा भने सत्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्