चौथो संस्करणको ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ स्थगित



काठमाडौं : सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन विश्वभर लकडाउन छ । करिव एक महिनादेखि सर्वसाधारण घर बाहिर निस्किन पाएका छैनन् । यसै कारण पनि चौथो संस्करणको ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ स्थगित गरिएको छ ।

नेपाल अमेरिका फिल्म सोसाइटीले २०२०, जुन २६ देखि २८ सम्म अमेरिकाको म्यारिल्याण्डमा उक्त महोत्सव आयोजना गर्ने योजना गरेको थियो । तर, विश्वव्यापी स्वास्थ्य संकट थप अनिश्चित बन्दै गएकोले स्थगित गर्नुपरेको आयोजकले जानकारी गराए ।

महोत्सव स्थगित भएपनि केहि भर्चुअल कार्यक्रमहरू भने आयोजना गरिनेछ । यससँगै विभिन्न देशबाट आवेदन परेका चलचित्रहरूको छनोट प्रक्रिया पनि स्थगित भएको छ । आवेदकहरुले तिरेको सम्पूर्ण शुल्कहरू पनि फिर्ता गरिएको छ । स्थिति सामान्य भएपछि महोत्सव र चलचित्रसम्बन्धी अन्य वार्षिक कार्यक्रमहरू घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्