किमपछि उत्तर कोरियाको शासन सत्ता किमकी बहिनीले सम्हाल्ने सम्भावना कति ?



एजेन्सी : उत्तर कोरियाली शासक किम जोङ उन मुटुको शल्यक्रियापछि उनी गम्भीर बिरामी भएको खबर पछिल्लो समय निकै फैलिरहेको छ ।

कोरियाको सरकारी मिडिया डिस्प्याचमा उनी केही दिन अगाडि महत्त्वपूर्ण राजनीतिक बैठकको अध्यक्षता गरेका उनी त्यसपछि मिडियामा आएनन् । अघिल्लो हप्ता मिसाइल परीक्षण भएको थियो । यस्ता कार्यक्रमहरुमा प्रायः देखिने किम उक्त परीक्षणमा भने सहभागी भएनन् । त्यसपछि उनको विषयलाई लिएर विभिन्न समाचारहरु बाहिर आएका छन् ।

किम उत्तर कोरियाका तेस्रो पुस्ताका शासक हुन् । उनको बुबाको मृत्यु सन् २०११ मा भएको थियो ।

त्यसपछि सत्ताको बागडोर उनको हातमा आएको थियो । न्युक्लियर हतियारका लागि उनले लामो समयदेखि विशेष जोड दिदैँ आइरहेका छन् । उनको यदी निधन भएको खण्डमा सत्ताको बागडोर कसले सम्हाल्ने भन्ने चर्चा पनि उत्तिकै चलेको छ ।

किमकी बहिनी किम यो योङ पछिल्लो समय शक्तिशाली महिलाका रुपमा उदाएकी छिन् । किमको निधन भएको खण्डमा कतै उनी शासक बन्ने त होइनन् भन्ने चासो पनि उत्तिकै बढेको छ ।

उनकी बहिनी ३० वर्षकी भइन् । उनी पनि किम जस्तै शक्तिशाली मानिन्छिन् । दुवैले स्विटजरल्याण्डमा अध्ययन गरेका हुन् । जसरी किमले खुलेयाम कडा फैसला लिन्छन्, जसरी अन्य देशहरुलाई धम्की दिन्छन् उनकी बहिनी पनि उस्तै स्वभावकी छिन् । त्यसैले पनि उनले शासनसत्ता सम्हाल्ने धेरैको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्