अहिलेसम्म ५१ हजार ३ सय ६७ जनाको कोरोनो परीक्षण,१६ संक्रमित डिस्चार्ज



काठमाडौं : देशभर अहिलेसम्म ५१ हजार ३ सय ६७ नजामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। पीसीआरविधिमार्फत ९ हजार ९ सय ३१ र र्‍यापिट डाइगोनोष्टिक टेष्ट (आरडिटी) मार्फत ४१ हजार ४३ट वटा परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ९६ जनाको नमूना परीक्षण भएको छ।

अहिले नेपालमा संक्रमितको संख्या ५१ पुगेको छ भने अहिले सक्रिय संक्रमित ३५ जना रहेका छन् । जसमा कोशी अस्पतालमा ३० जना उपचाररत छन् भने नारायणी अस्पताल,वीरगन्जमा ३ जना, भरतपुर अस्पताल र  धनगढीमा एक एक जना उपचाररत रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।

नेपालमा कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ। 

आजसम्म देशभर १७ हजार २५ जना क्वारेन्टाइनमा रहेका छन्। आइस्वलेसनमा अहिलेसम्म ११० जना रहेका छन। जसमध्ये उपत्यकामा ६ जना र उपत्यका बाहिर १०४ जना रहेका छन।

प्रवक्ता देवकोटाले दक्षिण एशियामा नेपाल भुटानपछि कम प्रभावित रहेको जानकारी गराउदै अहिलेसम्म कोरोनाका कारण कसैको मृत्यु नभएकोले नेपाल कम कोरोना प्रभावित देश रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्