सांसद अपहरण प्रकरण : सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरणको जाहेरी लिन प्रहरीले मानेन



काठमाडौं : जनता समाजवादी पार्टीले आफ्नो सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै दिएको उजुरी महानगरीय प्रहरी परिसर टेकुले लिन मानेको छैन ।

पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदद्वय हेश बस्ने र किसान श्रेष्ठविरुद्ध उजुरी दिन जनता समाजवादी पार्टीका नेता आइतबार दिउँसो परिसरमा पुगेका हुन् ।

पार्टीका नेता केशव झाका अनुसार नेताहरु डा. बाबुराम भट्टराई, राजेन्द्र महतो, हिसिला यमी, अशोक राईलगायत नेताहरु परिसरमा पुगेका थिए ।

घटना महोत्तरी जिल्लाको भएको भन्दै काठमाडौंका एसपी र डीएसपीले जाहेरीका लागि महोत्तरी नै जानका लागि भनेका छन् ।

यता, जनता समाजवादी पार्टीका नेताहरु भने काठमाडौंमा नै उजुरी दिने अडान लिइरहेका छन् ।
ऐनमा जाहेरी लिने भन्ने प्रष्ट व्यवस्था भएपनि करिब डेढ घण्टा वितिसक्दा जाहोरी नलिएको जनता समाजवादीका नेता केशव झाले बताए ।

अहिले प्रहरी परिसरमा प्रहरी र जनता समाजवादी पार्टीका नेताहरुबीच छलफल जारी छ ।

आज प्रहरीले जाहेरी लिन नमानेपछि भोलि (सोमबार) जनता समाजवादी पार्टीका नेताहरु सरकारी वकिल कहाँ जाने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्