नारायणी अस्पतालमा रहेका ४ जना कोरोना संक्रमित डिस्चार्ज



पर्सा : पर्साको नारायणी अस्पतालको आईसोलेशनमा रहेका ४ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ । तीन जना भारतिय जमाती र रौतहटका एक जना युवकलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

डिस्चार्ज हुनेमा रौतहट इस्नात नगरपालिका-८ मोतिपुरका १९ बर्षिय युवक, त्यसैगरी भारत उत्तरप्रदेशका ५५ बर्षिय इब्राहिम, ३७ बर्षिय युनुस र ४४ बर्षिय उस्मानलाई मुस्लिम आयोगको जिम्मा लगाएको अस्पतालका वरिष्ठ चिकित्सक डा. निरज सिहले जानकारी दिए।

तीन जना भारतीय जमातीलाई मुस्लिम आयोगका प्रतिनिधि महमद अब्बास मसुरीको जिम्मा लगाइएको छ ।

तीन जना भारतीय नागरिक रहेको र सिमा बन्द भएका कारण भारत जान नसकेकोले मुस्लिम आयोगको प्रतिनिधीसँग लिखित रुपमा जिम्मा लगाएको हो । घर बाहिर निस्कन नदिने, कुनै ब्यक्तिसग सम्पर्क हुन नदिने सर्त राखेर जिम्मा लगाइएको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्