राष्ट्र बैंकले चौथो त्रैमासको ब्याजमा सहुलियत दिने



काठमाडौं : नेपाल राष्ट्र बैंकले चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ ।

राष्ट्र बैंकको ६५ औँ वार्षिकत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्वजनिक गर्दै राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो तीन महिनामा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेका हुन् । उनले यसका लागि व्यवस्था मिलाउने बताएका छन् ।

कोरोनाभाइरस (कोभिड(१९)बाट अर्थतन्त्रलाई जोगाउन आवश्यक निर्णय चाँडै लिइने बताउँदै गभर्नर कोरोनाबाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्न व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउने बताए ।

साथै साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेको क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी प्रदान गरिने गभर्नर अधिकारीले बताएका छन् ।

उनले पुनर्कर्जा सहज ढङ्गले प्रवाह गर्न पुनर्कर्जा कार्यविधिमा संशाधन गरी ६० अर्ब रुपैयाँको विद्यमान पुनर्कर्जा कोषलाई आवश्यकताअनुसार वृद्धि गर्दै लैजाने बताएका छन् ।

उनको वक्तव्यको पूर्ण पाठ गभर्नर कार्यालयले आइतबार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्