नवनियुक्त राजदुत पाण्डेले लिए शपथ



काठमाडौं : छिमेकी राष्ट्र चीनका लागि नवनियुक्त राजदुत महेन्द्रबहादुर पाण्डेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आज उनलाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ दिलाएकी हुन्।

शपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो । पाण्डेलाई राष्टपति भण्डारीले यहि बैशाख ५ गते मन्त्रिपरिषद्को सिफारिशमा चीनका लागि आवासीय राजदुतमा नियुक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्