नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा डीआइजी निरज बहादुर शाही



काठमाडौं : प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक निरज बहादुर शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक शाहीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले आइतबार जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक शाहीलाई मोबाइल नम्बर ९८५१२ ९२१११ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्