दाङ सवारी दुर्घटनामा एकको मृत्यु, सांसद वलीको अवस्था गम्भीर



दाङ : दाङको घोराही लमही सडक खण्डमा बिहीबार बेलुकी भएको सवारी दुर्घटनामा परि एक जना महिलाको मृत्यु भएको छ, भने एक दर्जन भन्दा बढी घाइते भएका छन् ।

 

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दर्घटनामा प्रदेश पाँचका सांसद उत्तरकुमार वलीसहित अन्य १३ जना घाइते भएका छन् ।

 

सांसद वलीको स्वास्थ्यवस्था नाजुक रहेको जनाइएको छ । घटनामा परी गम्भीर घाइते भएका प्रदेश सांसद वलीलाई दाङबाट नेपालगञ्ज पुर्‍याइसकिएको नेपालगञ्जबाट काठमाडौं लैजाने तयारीसहित रिफर गरिएको छ ।

 

सांसद वलीको टाउँको र खुट्टामा गम्भीर चोट लागेको दाङ प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्