नेपाल–भारत मैत्री संस्थाद्वारा सर्जिकल सामाग्री सहयोग



काठमाडौं : नेपाल–भारत मैत्री संस्थाहरुद्वारा सर्जिकल सामाग्रीहरु वितरण गरेका छन् ।

आइतबार नेपालमा सक्रिय रहेका विभिन्न नेपाल–भारत मैत्री संस्थाहरुले सरकार र स्थानीय अस्पतालहरुलाई सर्जिकल सामाग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसको महामारीसँग लड्न नेपाल–भारत मानव विकास र मैत्री संघले विभिन्न क्षेत्रका लागि विभिन्न प्रकारका सर्जिकल सामाग्री दान गरेका हुन् ।

नेपाल–भारत मानव विकास र मैत्री संघले ५ अप्रिल २०२० मा सिंहदरबारमा एक समारोहमा स्वास्थ्य र जनसंख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) किट हस्तान्तरण गरेको छ ।

पीपीईहरू शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र संघका अध्यक्ष सूर्य भुसालले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य जनसंख्या मन्त्रालयका पदाधिकारीहरु र मिडियाका व्यक्तिहरूको उपस्थितिमा हस्तान्तरण गरेका थिए ।

यसैगरी, निफाका अध्यक्ष राजकुमार सिंधीले नेपाल एसबीआई, एभरेष्ट बैंक, एनआईसी नेपाल, एशियन पेन्ट्स र बर्जर पेंट्सका प्रतिनिधिहरूसँग मिलेर बागमती प्रदेशको हेटौंडा अस्पतालका लागि १० थान आईसीयू बेड, २०० पीपीई किट्स र २ थान अक्सीजन केन्द्रक जस्ता उपकरणहरू ८ अप्रिल २०२० मा हस्तान्तरण गरेका थिए ।

उक्त उपकरणहरु बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल र मन्त्रालयका अधिकारीहरुबाट प्राप्त भएका थिए।

त्यस्तै, नेपाल–भारत मानव विकास र मैत्री संघले ९ अप्रिल २०२० मा सिंहदरबारमा खानेपानी मन्त्री बीना मगरलाई २०० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) किट हस्तान्तरण गरेको छ ।

उक्त संस्थाले सुदूरपश्चिम प्रदेश सरकारलाई कोरोना परीक्षण किट प्रदान गरेको छ। खानेपानी मन्त्री मगरको प्रतिनिधित्वमा उक्त किटहरु सुदूरपश्चिम प्रदेश सरकारलाई पठाइनेछ । मन्त्री मगरले उक्त किटहरु छिट्टै प्रदेशिक मुख्यालयमा पठाइने र प्रदेश सरकारको अधिकारमा राखिने बताएकी छन् ।

नेपाल भारत मैत्री संघ (निफा), हिन्दू स्वयंसेवक संघ (एचएसएस) र नेपाल एसबीआईका प्रतिनिधिहरूले १० अप्रिल २०२० मा बुटवलमा आयोजित एक समारोहमा आपूर्ति प्रदेश ५ को सरकारलाई २०० पीपीई किट्स, ५,००० मास्क, ५,००० पन्जा हस्तान्तरण गरेका छन् ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, प्रदेश ५ का सामाजिक विकास संसदीय समितिका अध्यक्ष दिर्घ नारायण पाण्डेय र सामाजिक विकास मन्त्रालयका अन्य अधिकारीहरुको उपस्थितिमा उक्त सहयोग प्रदान गरिएको हो ।

यता, नेपाल भारत महिला मैत्री संघका अध्यक्ष श्रीमती चन्दा चौधरीले १२ अप्रिल २०२० मा जनकपुरमा प्रदेश २ का मुख्यमन्त्री लाल बाबु राउतलाई पीपीई किट्स, मास्क, पन्जा, स्यानटिसर र कीटाणुशोधन टड़की लगायतका उपकरणहरू हस्तान्तरण गरिन् ।

यसअघि संस्थाले महोत्तरी, सर्लाही र रौतहट जिल्लाहरूमा पनि स्थानीय अस्पतालहरूलाई स्वास्थ्य सामग्री दान गरेको थियो ।

कूल २०० पीपीई, ५,००० मास्क, ५,००० पन्जा, १०० लिटर सनिटाइसर र २० कीटाणुशोधन टड़कीहरू संस्थाले प्रदेश २ भरमा वितरण गरेको छ । भारतीय महिला संघले नेपाल भारत महिला मैत्री संघलाई चिकित्सा आपूर्ति खरीदका लागि सहयोग प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्