ईपीएस पास भएर छनोट भएका लकडाउनकै अवधिमा कोरिया जान पाउने



काठमाडौं : ईपीएस पास भएर छनोट भएकाहरु लकडाउनकै अवधिमा कोरिया जान पाउने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरियन भाषा परीक्षा ईपीएस पास भएर छनोट भएकाहरु लकडाउनकै अवधिमा कोरिया जान दिने निर्णय गरेको हो ।

सरकारले ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने तयारीमा रहेका युवालाई दुई देशको सल्लाह र सहमतिमा कोरिया जान दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाका अनुसार ‘ईपीएस अन्तर्गत कोरियामा श्रमिकको रुपमा जाने श्रमिकलाई दुई देशको सल्लाह र सहमतिमा कोरिया लानका लागि अनुमति दिने निर्णय भएको हो ।

सरकारको वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्