प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास गए



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास गएका छन् ।

आइतबार साँझ पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति निवास गएका हुन् ।

राष्ट्रपति स्रोतका अनुसार प्रधानमन्त्री ओली छलफलका र राष्ट्रपतिसँग सल्लाहका लागि शितलनिवास गएका हुन् ।

प्रधानमन्त्री ओली शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रधानमन्त्री ओली यसअघि पनि बैशाख ११ गते उनले आफै जारी गरेको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याउने निर्णयविरुद्ध चर्को आलोचना भएपछि राष्ट्रपतिलाई भेट्न शितल निवास गएका थिए ।

प्रतिक्रिया दिनुहोस्