निजी सञ्चारमाध्यमलाई हेर्ने प्रधानमन्त्री ओली नजर किन फरक ?



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली सत्ताको बागडोर सम्हालेदेखि नै सञ्चारमाध्यप्रति अनुदार रहँदै आएका छन् ।

मुलुक कोरोनाभाइरस (कोभिड–१९)सँग जुध्दै गर्दा प्रधानमन्त्री ओली एक पटक फेरी सञ्चारमाध्यहरु माथि प्रश्न उठाएका छन् ।

आफ्नो आलोचना रुचाउन नचाहने प्रधानमन्त्री ओली विशेष गरि निजी सञ्चारमाध्यम प्रति व्यंग्य गर्न पछि हट्दैनन् ।

विगतका दिनमा सञ्चारमाध्यमले प्रयोग गर्ने गरेको भाषामा ‘तिमी’सम्बोधन गरेको प्रति असन्तुष्टि प्रकट गर्ने प्रधानमन्त्री आलीले–‘पत्रपत्रिकामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री आदिको समाचार आउँदा ‘तपाईं’ ‘भन्नुभया’ इत्यादि शब्दको प्रयोग हुँदैन । पत्रकारले बाउलाई पनि ‘तपाईं’ भन्दैन । तिमीभन्दा माथि उठ्दै उठ्दैनन् ।’

तर, यसपटक मुलुक कोरोना महामारीसँग जुध्दै गर्दा प्रधानमन्त्री ओलीले पत्रकार गर्ने कामलाई ‘रहस्यपूर्ण’ रुपमा हेरेका छन् ।

गत आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरकार नियन्त्रित सञ्चारमाध्यमका प्रतिनिधिहरुसँगको साक्षात्कारमा सडकमा अलपत्र मजदुरबारे प्रहरी सिडिओलाई थाहा नहुने तर पत्रकारलाई थाहा हुनु ‘रहस्यपूर्ण’ भएको अभिव्यक्ति ओलीले दिएका थिए ।

त्यस अभिव्यक्तिबाट ओलीले पत्रकारमाथि सम्भावित बन्देजको घुमाउरो धम्की पनि दिएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार सरकारी सञ्चारमाध्यहलाई अन्तर्वार्ता दिने क्रममा संकटका बेला पत्रकारहरु रचनात्मक या समस्या समाधानका लागि प्रस्तुत नभई बिजोगसँग रमाइलो गर्नेगरी प्रस्तुत भएको आरोप लगाएका थिए ।

प्रधानमन्त्री ओलीको निजी र सरकारी मिडिया प्रतिको हेर्ने दृष्टिकोणबारे सञ्चारविद् रामकृष्ण रेग्मीले निजी र सरकारी भन्ने सिमारेखा संकटको बेला हट्नु पर्ने बताएका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चारविद रेग्मीले भने–‘निजी र सरकारी भन्ने कुरा कुन बेला छुटिन्छ त्यो व्यवस्थापको कुरा हो । व्यवस्थापनाम निजी र सरकारी भन्ने कुरा हुन्छ ।’

‘जनस्वास्थ्य संकटमा परिरहेको बेला, जनस्वस्थ्यको समाचार प्रवाह भइरहेको बेला यदि फेक हो भने त्यसलाई फेक हो भन्ने । त्यसले गर्दा सञ्चारकर्मीहरुको नि आँखा खुल्छ ।’ उनले भने–‘मेरो विचारमा निजी र सरकारी भन्ने कुरा पछि गर्दै जाउँला । तर, रअहिले यो संकटको अवस्थामा सञ्चार प्रवाहमा सहयोग गर्नुपर्छ । यसका लागि कसरी सहजी करण गर्न सकिन्छ त्यसबारे ध्यान जानु आवश्ष्क छ । त्यो स्वतन्त्रता अहिले नेपालमा छ ।’

‘सञ्चारकर्मीहरु संकटको अवस्थामा हात बाधेर बसेका छैनन् । अगाडि बढेर समाचार सम्प्रेषण गरिरहेका छन् । कसैको आँखा नपुगेको कुरा बाहिर ल्याएका छन् । कहिँ नआएको आवज उनिहरुले ल्याइदिएका छन् ।’ उनले भने–‘यदि त्यो आवाज बनाएर ल्याएको हो भने हो भनिदिए हुन्छ । यो मिलेर र यहाँ गलत छ ।’

मिडियाको एउटा मान्यता के छ भने यदि कहिँ कुनै पनि कुराहरुलाई खण्डण गर्नुछ भने त्यही मार्फत खण्डण गर्ने गर्छन् उनले भने ।

निजी मिडियाबाट आफ्नो आवाज दिएपनि प्रश्न सोध्न पाएका छैन भन्ने प्रश्नमा शर्मा भन्छन्–‘त्यो कहिँले पनि छैन । त्यहाँ एउटा दुरी छ कि ? नेपालको सञ्चारमाध्यमलाई अध्ययन गर्ने आधारमा कहिँ कमि छ कि ? त्यो कमि भएपछि त्यसमा नमिल्ने कुराहरु बाहिर आउँछ ।’

‘सञ्चारलाई जोगाउनु छ भने त्यो विन्दूबाट शुरु गर्नुपर्छ । सञ्चारलाई जोगाउनु छ आजको दिनमा होइन्, वैशाख वा जेठका लागि होइन् पछिका लागि हो । यसलाई जोगाउन राष्ट्र लाग्नुपर्छ ।’ सञ्चारविद् रामकृष्ण रेग्मी भन्छन् ।

आमसञ्चारमाध्यम प्रति प्रधानमन्त्री ओलीमात्र हैन सरकार निकट अधिकांश मन्त्रीहरु पनि सञ्चारमाध्यप्रति आक्रोशित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्