जनावरलाई प्रेम गर्न नायक अनमाल केसीको अपिल



काठमाडौं : कोरोनाभाइरसको संक्रमण फैलिन नदिन यतिबेला विश्वभर लकडाउन गरिएको छ ।

करिव एक महिनाभन्दा लामो समयदेखि सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । यो समयमा मानिसलाई मात्र होइन जीवजनवार तथा पशुपंक्षीलाई समेत खानाको संकट पर्न थालेको छ । यो लकडाउनको समयमा अभिनेत्री वर्षा राउत, वर्ष शिवकोटि, पल शाह लगायत अन्य कलाकारहरुले बेलाबेला जीवजनवार तथा पशुपंक्षीलाई माया दर्शाउदै खाना खुवाइ रहेका छन् ।

त्यस्तै नायक अनमोल केसीले पनि जनावरलाई प्रेम गर्न सबैलाई अपिल गरेका छन् । अनमोल जनावरलाई निकै प्रेम गर्छन् । अनमोलको घरमा अहिले कुकुर छ । अनमोल कुकुरलाई खुबै माया गर्छन् । उनी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’मा पनि उनको कुकुरको विशेष भूमिका छ ।

सामाजिक संजालमा हात्तिसँगको तस्वीर पोष्ट गर्दै अनमोलले जनावरलाई प्रेम गर्न आग्रह गरेका हुन् । अनमोलले लेखेका छन् ‘जबसम्म जनावरलाई माया गरिदैँन, तबसम्म उसको आत्माको हिस्सा थाहा पाउन सकिदैन ।’

प्रतिक्रिया दिनुहोस्