अमेरिकन आइडल प्रतिस्पर्धी दिवेसद्वारा नेपालीहरुलाई भोट गर्न आग्रह



काठमाडौं : नेपाली गायक दिवेस पोखरेललाई अमेरिकन आइडल जित्न अब भोट आवश्यक परेको छ । अमेरिकन आइडल प्रतिस्पर्धी रहेका उनलाई अगाडि बढ्न भोटको आवश्यक परेपछि उनले भोटका लागि आह्वान गरेका छन् । भोटका लागि भिडियो सन्देशमार्फत अपील गरेका हुन् ।

उनले तीन माध्यमबाट भोट गर्न सकिने जानकारी दिएका छन् । उनका अनुसार एक जनाले ३० भोट गर्न सकिने छ । सन्देश पठाएर, वेवसाइटबाट र अर्को अमेरिकन आइडलको एपलाई डाउनलोड गरेर दिवेशलाई अप्रिल २६ देखि २९ तारिखसम्म भोट गर्न सकिने बताइएको छ ।

मेरिकन आइडलको १८ औँ सिजनमा सहभागी भएका दिवेशको प्रतिस्पर्धी नम्बर १६ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्