रियालिटी शो ’ब्रिटेनस् गट ट्यालेन्ट’मा नेपाली भीम निरौला छनौटमा



काठमाडौं : बेलायतमा सञ्चालन हुने रियालिटी शो ’ब्रिटेनस् गट ट्यालेन्ट’ मा बेलायत निवासी नेपाली भीम निरौलाको छानिएका छन् । सात वर्ष अगाडी रिलिज भएको ’सन्डे मर्निङ लभ यु’ बोलको गीत गाएर भीम उक्त शोमा छानिएका हुन् । भीमले गाउदै गर्दा कार्यक्रमका उद्घोषक लगायत निर्णायक मण्डलका सदस्य गीतमा रमाउन थालेपछि निरौला सबैको नजरमा तानिए ।

निर्णायक अमाण्डा होल्डेन लगायतका सबैजना उनको गीतमा रमाएको र दर्शकको साथ देखेपछि निर्णायक साइमन चकित परेका थिए । निरौला अहिले बेलायती मिडियामा ‘सिक्रेट युट्युब एण्ड रियालिटी स्टार’ को रुपमा परिचित भएका छन् ।

सन् २००६ देखि बेलायतको रेडिंगमा बस्दै आएका निरौला पेशाले होटल म्यानेजर हुन् । निरौलाले बि स २०४४ सालमा रेडियो नेपालबाट स्वर परीक्षा गरेका छन् । उनले ५ दर्जनभन्दा बढी गीत गाइसकेका भए पनि उनलाई चर्चामा पुर्याउन सफल गीत ‘सन्डे मार्निङ लभ यू’ नै हो ।

प्रतिक्रिया दिनुहोस्