यात्रुको विवरण नभएका बस रोकिए



दैलेख : सुर्खेत, नेपालगञ्ज र काठमाडौँबाट कालीकोट, जुम्ला र मुगु जान हिँडेका सात वटा बस दैलेखको रानीमत्ता रोकिएको छ । ‘कुन व्यक्ति कहाँबाट चढेको र कहाँ पुग्ने हो ?’ भन्ने यात्रु विवरण नभएकाले दैलेख प्रवेश गर्ने रानीमत्तामा रोेकिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । यात्रुको विवरणसहित आएका १७ वटा बस छोडिएको रानीमत्ता प्रहरी चौकीका इञ्चार्ज चन्द्रलाल गिरीले बताए ।

नेपालभित्रबाटै आएकालाई नजिकको क्वारेन्टाइनमा बस्नुपर्ने गरी गन्तव्यमा पठाउन सकिने नेपाल सरकारको निर्णय छ तर यसरी विना विवरण पठाए सबै जना सोझै घरमा पुग्न सक्ने भएकाले यात्रुको नाम, पुग्न चाहेको पालिका र व्यक्तिको मोबाइल नम्बरसमेतको विवरण बिना नछोड्ने प्रमुख जिल्ला अधिकारी कट्टेलले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्