चिकित्सक संघले स्वास्थ्य सचिवलाई भन्यो, ‘बोल्दा होस् गर’



काठमाडौं : नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवले स्वास्थ्यकर्मीहरुप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ ।

नेपाल चिकित्सक संघले आज (सोमबार) विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले स्वास्थ्यकर्मीहरुप्रति अभद्र बोली बोलेको भन्दै आपत्ति जनाएको छ ।

संघका महासचिव डा. बद्री रिजालद्वारा विज्ञप्तिमा सचिव कोइरालाको अभिव्यक्ति अशोभनीय र अभद्र भएको बताएका छन् ।

‘समग्र स्वास्थ्य सेवा प्रवाहलाई नै असर पार्न सक्ने भएकाले यसबारे गम्भीर विचार गरेर अभियक्ति सार्वजनिक गर्न माग गर्दछ ।’ विज्ञप्तिमा लेखिएको छ ।

एक अन्तरवार्तामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनबारे सोधिएको प्रश्नमा सचिव कोइरालाले उनी करारमा भएको र कुनै पनि बेला हटाउनसक्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्