
काठमाडौं : विराटनगर महानगरपालिकाले पठाएको सात वटा बस काठमाडौं भित्रिएको छ । नागढुंगा नाकामा यात्रुहरुको व्यक्तिगत विवरण टिपेर र शरीरको तापक्रम जाँचेर काठमाडौं उपत्यका प्रवेश गराइएको हो ।
सोमबार बिहान ८ः३० बजे काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा आइपुगेका बस प्रहरीले रोकेको थियो ।
ना ६ ख ९१४०, ना ७ ख ९५४, ना ७ ख ९५५, ना ८ ख ८००१, ना ८ ख ८००२, ना ५ ख ६८८ र ना ५ ख ८००४ नम्बरका बसहरु विराटनगरबाट १ सय ६० यात्रु लिएर काठमाडौं आएका हुन् ।
ती बसहरुबाट काठमाडौंमा रोकिएका विराटनगरका बासिन्दालाई लैजाने योजना महानगरपालिकाको छ ।
यता विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंका बासिन्दालाई पठाएको बताएका छन् । उनले भने, ‘हामीले समन्वय गरेर, सबैको स्वास्थ्य जाँचेर नै पठाएका हौं ।’