नेपाली अभिनेत्री रिस्ता बस्नेत डेब्यु भारतीय गीतको पोष्टर र टिजर सार्वजनिक



काठमाडौं : चलचित्र ’होस्टल’बाट नेपाली चलचित्र क्षेत्रमा डेव्यू गरेकी अभिनेत्री हुन रिस्ता बस्नेत । उनले होस्टल, लुकामारी, अधकट्टी नामक नेपाली चलचित्रमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छन् । उनै नेपाली अभिनेत्री रिस्ता बस्नेतले डेब्यु गरेको भारतीय गीतको भिडिया टिजर र पोष्टर सार्वजनिक भएको छ । गीतमा ज्योतिका तंगरी र कार्तिक कुशको स्वरमा तथा संजिव पांडेको शब्द रहेको छ ।

रिस्ताले उक्त गीतमा टिकटक स्टार मन्जुल खट्टरसँग स्क्रिन सेयर गरेकी छन् । पुनित अवस्थीले संगीत भरेको गीतको भिडियोलाई नेपाली कोरियोग्राफर कमल राइले निर्देशन गरेका छन् । भिडियोमा पुरुशोत्तम प्रधानको छायांकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ । भिडियोका निर्माता टिकम शर्मा हुन् ।

प्रतिक्रिया दिनुहोस्