लाठी प्रहार गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ



रुपन्देही : प्रहरीले लाठी प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ। लाठी प्रहार गरी मायादेबी गाउँपालिका-१ धमौली बस्ने ४० वर्षीय राम नेवास लोधको हत्या गरेको अभियोगमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्नेहरु ५९ वर्षीय प्रमेश्वर धोबी र ३० वर्षीय राजमन लोध भन्ने केदार लोध रहेका छन् । सामान्य विवादको क्रममा उनीहरुले लाठीले प्रहार गर्दा गम्भीर घाइते भएका राम नेवासको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्