भीषण र संगीताको स्वरमा ‘केहीदिन अझै घरमै बसौं’ (भिडियो)



काठमाडौं : गायक तथा सङ्गीतकार भीषण मुकारूङ राई र संगीता रणपयालीको स्वरमा रहेको ‘केहि दिन अझै घरमै बसौं’ गीत सार्वजानिक भएको छ । गीतमा विपिन किरणको शब्द र धनु ज्ञाङ्मीको संगीत रहेको छ ।

किरण कृएसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीत काठमाडौंस्थित ‘ए प्लस’ स्टुडियोमा रेकर्डिङ गरिएको हो । कोरोनाभाइरसका कारण बिश्वनै आतङ्कित बनाईरहेको बेला राईको चेतनामूलक गीत सार्वजानिक भएको हो ।

यस गीतमार्फत कोरोना भाइरसबाट बच्न अपनाउनुपर्ने सावधानी साथै अझै केही दिन घरमै बसेर कोरोनालाई पराजित गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्