लकडाउनमा बाहिर निस्किएको भन्दै २ जना पत्रकार पक्राउ, महासंघद्वारा निन्दा



चितवन : पत्रकारहरुलाई प्रहरीद्वारा गरिएको दुर्व्यवहार र गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ, चितवन, प्रेस संगठन नेपाल, चितवन र नेपाल प्रेस युनिय चितवले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक संयुक्त विज्ञप्ति जारी गर्दै महासंघले पत्रकारलाई दुर्व्यवहार गरी सवारीसाधनसमेत नियन्त्रणमा लिई गरिएको गिरफ्तारीको घोर भर्त्सना गरेको हो ।

लकडाउनका समयमा बाहिर निस्किएको भन्दै प्रहरीले दुई जना पत्रकारलाई चितवनको भरतपुरस्थित चौबिसकोठीबाट नियन्त्रणमा लिएको थियो।

आफ्नो जीवनको प्रवाह नगरी समाचार संकलनमा निस्किएका कायकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र रेडियो त्रिवेणीमा कार्यरत पत्रकार अर्जुन अधिकारीलाई सोमबार बिहान १० बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पत्रकारको परिचय पत्र लगाएर कार्यक्षेत्रमा खटिएका रिजाल र अधिकारीलाई नियन्त्रणमा लिई भरतपुरको कर्भडहलमा रहेको क्‍वारेन्टाइनमा राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्