धादिङमा टिपर दुर्घटना, तीन जनाकाे मृत्यु



धादिङ : पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडक भएर चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् । 

 

मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । 

 

तीमध्ये दुईको घटनास्थलमै मृत्यु भएको थियो भने सावित्रीको उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । 

दुर्घटनामा परेको टिपर सडकबाट ६०० मिटर तल पुगेको थियो । टिपरमा रहेका अन्य तीनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्