ओली र नेपालबीच समझदारी गराउन कोटेश्वरमा छलफल हुँदै



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालबीच समझदारी गराउन ओली पक्ष र नेपाल पक्षबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्री ओलीलाई हटाउने तयारी तीव्र भइरहेका बेला ओली र नेपालबीच समझदारी गराउने प्रयास जारी छ ।

नेपाल पक्षका स्थायी कमिटीको आइतबार बसेको बैठकले प्रधानमन्त्रीसँग समझदारीको बटमलाइन बनाउने जिम्मा नेपाललाई नै दिएको थियो ।

ओली र नेपालबीच एक्लाएक्लै कुराकानीपछि दुवैतर्फका नेताहरु संवादमा जुटेका छन् । यसैका लागि आज (सोमबार) नेता नेपाल निवास कोटेश्वरमा छलफल शुरु भएको छ ।

छलफलमा ओली पक्षका चार नेता र नेपाल पक्षका चार नेताबीच कोटेश्वरमा भेला भएका छन् ।

ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीलाई जिम्मा दिएका छन् ।

नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेता सहभागी रहेको नेकपा स्रोतले जनाएको छ ।

नेपाल पक्षले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने भनेको छ ।

प्रतिक्रिया दिनुहोस्