सागर लम्साल ‘बले’ले घर ल्याए सडकको कुकुरलाई (फोटोफिचर)



काठमाडौं : यस लकडाउनको समयमा अभिनेत्री वर्षा राउत, वर्ष शिवकोटि, पल शाह लगायत अन्य कलाकारहरुले बेलाबेला जीवजनवार तथा पशुपंक्षीलाई माया दर्शाउदै खाना खुवाए । केही दिन अघि मात्र नायक अनमोल केसीले पनि जनावरलाई प्रेम गर्न सबैलाई अपिल गरेका थिए ।

त्यस्तै, कलाकार सागर लम्साल ‘बले’ले पनि एक सडक कुकुरलाई घरमा ल्याएका छन् । सधैँको लागि पाल्ने सोच बनाएर बलेले सडकमा भेटिएको भुसिया कुकुरको बच्चोलाई घरमा ल्याएका हुन् ।

सडकमा भोका बसेका कुकुरहरुको उद्दारको लागि अमेरिकाबाट एप्पल उमाली नेपाल आएकी छिन् । उनैको पहलमा सागरले कुकुरलाई घर लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्