ओलीविरुद्ध सक्रिय नेकपा नेता : बैठक बोलाउन थप दवाव दिने प्रचण्ड र खनालबीच सहमति



काठमाडौं : सत्तारुढ दल नेपाल कम्यसुष्टि पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनालबीच छलफल भएको छ । प्रचण्डनिवास खुमलटारमा प्रचण्ड र खनालबीच दुई घण्टा छलफल भएको थियो । 

केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट हटाउर्ने तयारी तीव्र भइरहेका बेला प्रधानमन्त्री ओली पक्ष र माधवकुमार पक्षबीच कोटेश्वरमा छलफल भइरहेको छ ।

यता प्रचण्ड र नेपालबीच पार्टीभित्रको पछिल्लो विवाद र आगामी रणनीतिबारे छलफल भएको बताइएको छ । पार्टी एकता बलियो बनाउँदै तत्काल स्थायी कमिटी बैठक बोलाउन दवाव दिने विषयमा प्रचण्ड र खनालबीच सहमति भएको स्रोतको भनाइ छ ।

सोमबार बिहान प्रधानमन्त्री ओलीले नेपाललाई बालुवाटार बोलाएर मिलेर अघि जान तयार रहेको प्रस्ताव गरेका थिए । तर, नेपालले अरु साथीहरूसँग पनि छलफल गर्नुपर्ने जवाफ दिएर फर्केका थिए ।

त्यसपछि अहिले अपरान्ह फेरि नेपाल निवास कोटेश्वरमा ओली र नेपाल समूहको छलफल भइरहेको छ । ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र शंकर पोखरेलगायत कोटेश्वर निवास पुगेका छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेता सहभागी रहेका छन् ।

आइतबार नेपाल निवासमा भएको भेलाले पार्टी र सरकार दुवैतिर ओलीको नेतृत्व असफल भएकोले विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेपछि बालुवाटार तरंगित भएको हो ।

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल बन्दै गइरहेको छ । खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र ओलीविरुद्धको मत बलियो बन्दै गएको छ ।

यता ओलीको विकल्प खोज्न अध्यक्ष प्रचण्ड, नेपाल, खनाल र गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको छ ।

स्थायी समितिको बैठक बोलाउन र त्यसमै ओलीको विकल्पबारे छलफल गर्न प्रचण्ड, माधव, झलनाथ र गौतम समूह सक्रिय भएका छन् भने ओली स्थायी समिति बैठक नबोलाउने पक्षमा छन् ।

नेकपाको ४४ सदस्यीय स्थायी समितिमा प्रचण्ड र नेपाल समूहका ३२ सदस्य छन् । ओली पक्षमा जम्मा १२ जना मात्रै छन् । यसले गदौ ओली पक्षम कमजोर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्