वाइन बाँकी रह्यो भने कन्डम लगाइदिनुस्



एजेन्सी : कण्डम भन्ने वित्तिकै झट्ट याद आउने विष हो– सेक्स । कण्डमलाई परिवार नियोजनको भरपर्दो साधनको रुपमा अथ्र्याइन्छ । तर, अब शारीरिक सम्पर्कका बेला मात्रै होइन पेय पदार्थ वियरको सुरक्षाको लागि पनि कण्डम प्रयोग हुन थालेको छ ।

अब वाइनको बोतल खोलेर पुरै खान सकिएन भने पनि अब चिन्ता लिइरहनु पर्दैन । बजारमा आएको वाइन कन्डमले तपाइले राखेको वियर सुरक्षित राखिदिन्छ ।

बोतल खोलिसकेको बासी वाइन कसैलाई पनि मनपर्दैन । तर, अब बाइनको बोतलमा वाइन कण्डम लगाएपछि त्यो वाइन न त बासी हुन्छ न त स्वाद नै विग्रन्छ ।

कन्डम जस्तै देखिने यो उपकरण रबरबाट बनेको हुन्छ । सुनौलो प्याकेटमा बजारमा पठाइएको यसको प्याकेजिङ र बनावट पनि कण्डम जस्तै छ ।

वाइन कन्डम सन् २०१४ मा बनेपनि सर्वसाधारण उपभोक्ताको लागि बजारमा भर्खरै मात्र आएको हो । ६ वटा वाइन कन्डमको प्याकलाई अमेजन र वाइन कन्डम वेबसाइटमार्फत १० डलरमा खरिद गर्न सकिन्छ ।

यसले प्रयोगकर्ताहरुबाट राम्रो प्रतिक्रिया पाएको छ । किनभने यो प्रयोग गर्न सजिलो छ । बोतलमा फेरि बिर्को लगाँउदा हुने झन्झट मात्रै होइन बिर्कोको टुक्राहरु वाइनमा परेर तैरिने समस्या भोग्नु भन्दा वाइन कन्डमको प्रयोग निकै सरल र सहज भएको प्रयोगकर्ताहरुले बताएका छन् ।

निर्माता मिचेल स्टाहानले आफ्नो वेबसाइटमा जनाए अनुसार बजारमा अत्याधिक मागको कारण यसको स्टक सकिएको छ । क्रिसमस र नयाँ वर्षको बिदा लगत्तै वाइन कण्डम फेरि बजारमा उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्