धरानमा १०० शय्याको कोरोना विशेष अस्पताल संचालनमा



काठमाडौं : धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका बिरामीको उपचारका लागि छुट्टै अस्पताल संचालनमा ल्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवेकोटाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०० बेडको अस्पताल संचालनमा ल्याएको हो ।

पछिल्लो समय प्रदेश नम्बर १ मा कोरोना भाइरसका बिरामीको संख्या बढ्दै गएपछि धरानमा पनि कोरोना संक्रमितको उपचारका लागि छुट्टै अस्पताल बनाइएको हो । प्रदेश १ मा हाल ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने उनीहरु सबै अहिले विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस्