सर्वोच्चले भोलीदेखि सार्वजनिक सरोकारका रिट दर्ता र सुनुवाई गर्ने



काठमाडौं : सर्वोच्च अदालतले भोलीदेखि सार्वजनिक सरोकारका रिट निवेदनको सुनुवाई थाल्ने भएको छ। सर्वोच्च अदालतको १४ वैशाखमा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो।

लकडाउन थप भएसँगै सर्वोच्चले सामाजिक दूरी कायम गर्दै र स्वास्थ्य सुरक्षाप्रति सावधानी अपनाउँदै मुद्दाको सुनुवाई गर्ने निर्णय गरेको जनाएको छ। अन्य सेवा भने लकडाउन समाप्त भएको तीन दिनपछि सुचारु गर्ने निर्णयलाई निरन्तर दिइएको छ।

बन्दाबन्दीको अवधि लम्बिदै गएको र महामारीको पूर्ण नियन्त्रणको आकलन गर्न पनि नसकिने अवस्थामा संविधानप्रदत्त मौलिक हकको संरक्षण र प्रचलन गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारीमा रहेको न्यायपालिकाले आफ्नो संवैधानिक भूमिका र दायित्वप्रतिको संवेदनशिलतालाई दृष्टिगत गरी रिट निवेदन दर्ता र त्यसको सुनुवाइ समेतको काम गर्ने निर्णय गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्