रेडियो नेपालले हटायो बाबुराम भट्टराईसँग लिएको अन्तर्वार्ता



काठमाडौं : रेडियो नेपालले नवगठित जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईको अन्तर्वार्ता हटाएको छ। दैनिक प्रसारण हुने कार्यक्रम अन्तरसम्वादमा सोमबार बिहान ६स्३० बजे लाइभ प्रशारण भएको कार्यक्रममा अतिथिका रूपमा जनता समाजवादी पार्टीका नेता भट्टराईसँग रेडियो नेपालले कुराकानी गरेको थियो।

सोमबार विज्ञप्ति निकाल्दै उक्त कार्यक्रममा भट्टराईले बोलेका अभिव्यक्तिले आफूहरूलाई दुस्खी तुल्याएको भन्दै अन्तर्वार्ताको अर्काइभ रेडियो नेपालको साइटबाट हटाइएको छ। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार निकालेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्