अनौठो परम्परा जहाँ अर्काकी श्रीमती भगाइन्छ



एजेन्सी : संसारमा अजबगजबका चलनहरु रहेका छन् । एउटा यस्तै अचम्म लाग्दो चलन अफ्रिकामा रहेको छ ।

अफ्रिकाको सहेल मरभुमिमा बस्ने बोदाब्बे नामको एउटा जनजाती अनौठो जात्रा मनाउँछ ।

प्रत्येक वर्ष गेरवोल जात्रा आयोजना हुने गर्छ । यसै क्रममा उक्त कार्यक्रममा आएका पुरुषहरु अत्यन्त आकर्षित बन्ने प्रयास गर्छन् र महिलालाई आफुतर्फ आकर्षित गर्ने प्रयास गर्छन् । यो जनजातीका पुरुष हरेक समय आफुसँग एना बोकेर हिंड्ने गर्छन पनि भनिन्छ ।

रीतिअनुसार उनीहरुको लक्ष्य खासगरी विवाहित महिला हुन्छन् । पुरुषहरु महिलाको मन जित्न अनेकौ हर्कत पनि गर्छन् ।

अनौठो परम्परा रहेको यस जात्रामा पतिलाई झुक्याउँदै र छल्दै विवाहित महिला आकर्षित बनी आएका पुरुषसँग भाग्छन् ।

यदि कुनै विवाहित महिला पुरुषसँग भाग्न सफल भएमा उक्त समुदायका मानिस उनीहरुबीच विवाह गरिदिन्छन् ।

अफ्रिकाका देशहरु नाईजर, क्यामरुन, सेन्ट्रल अफ्रिकन रिजन र नाईजेरियामा पनि पाईन्छ । जात्राको क्रममा नाचगानको पनि व्यवस्था हुन्छ ।

प्रतिक्रिया दिनुहोस्