ओली र नेपाल पक्षबीच तत्काल सचिवालय र स्थायी कमिटी बोलाउने सहमति



काठमाडौं : नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच मंगलबार पार्टीको सचिवालय बैठक राख्ने र त्यसले स्थायी कमिटीको बैठकको मिति तोक्ने सहमति भएको छ।

कोटेश्वरस्थित नेता नेपालको निवासनजिकै रहेको वन पैदावार उद्योग व्यवसायी महासंघको भवनमा भएको लामो अनौपचारिक छलफलमा यस्तो सहमति भएको हो।

ओली पक्षबाट उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा नेपाल पक्षबाट स्वयं नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत सहभागी थिए ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता ओली र नेपालबीच भेट भएलगत्तै कोटेश्वरमा छलफल सुरु भएको थियो। पछिल्लो समय पार्टीभित्र बढ्दै गएको विवाद समाधानका लागि द्विपक्षीय वार्ता तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस्