नेपालमा निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने



काठमाडौं : नेपालमा निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले निजी प्रयोगशालाले पनि कोरोना भाइरसको संक्रमण पत्ता लगाउन गरिने परीक्षण पिसिआर गर्न पाउने भएको बताएका हुन्।

तर यसका लागि मन्त्रालयबाट छुट्टै स्वीकृति भने लिनुपर्ने उनको भनाइ छ।

.

प्रतिक्रिया दिनुहोस्