कोरोनाका कारण भारतमा ८८६ जनाको मृत्यु, कति संक्रमित ?



भारत : भारतमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहेको छ । भारतमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसका कारण ८ सय ८६ जनाले ज्यान गुमाएका छन्। संक्रमितको संख्या २८ हजार ३ सय ८१ रहेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ३ सय ६२ जना कोरोना निको भएर घर फर्केका छन्। पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या १४ सय ६३ थप भएको छ भने ६० जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्