नेकपा विवाद : दाहाल र नेपाल समूह बैठक बोलाउनुपर्ने पक्षमा, ओली बैठक छल्ने प्रयासमा



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा बढ्दै गइरहेको विवाद मिलाउने प्रयास भए पनि शीर्ष नेताहरु आ–आफ्नै अडान अडिग छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बैठक छल्ने प्रयास जारी राखेका छन् । तर नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम पक्षधर नेताले स्थायी कमिटी बैठक बोलाउनुपर्ने पक्षमा रहेका छन् ।

हालै जारी र खारेज भएको दुई अध्यादेशसंगै नेकपामा नेताहरुबीच धु्रवीकरण बढ्दै गइरहेको छ । दाहाल, नेपालपक्षधर नेताहरुले पार्टी र सरकार सञ्चालनमा ओलीले मनोमानी गरेको आरोप लगाउँदै स्थायी कमिटी बैठक बोलाउनुपर्ने अडानमा छन् ।

तर, ओलीले अध्यादेश खारेज भइसकेकाले अहिलेको अवस्थामा बैठकको आवश्यकता नभएकाले केही समयपछि बैठक बोलाउने पक्षमा छन् । बैठक बोलाएपछि ओलीको आलोचनासंगै राजीनामाको माग समेत उठ्ने उठाउने रणनीति दाहाल र नेपालपक्षले बनाएपछि ओलीले तत्काल बैठक छल्न खोज्दैछन् ।

सोमबार बिहान प्रधानमन्त्री ओलीले नेपाललाई बालुवाटार बोलाएर मिलेर अघि जान तयार रहेको प्रस्ताव गरेका थिए । तर, नेपालले अरु साथीहरूसँग पनि छलफल गर्नुपर्ने जवाफ दिएर फर्केपछि दुबैपक्षका नेताहरुबीच छलफल भयो ।

कोटेश्वरस्थित नेपाल निवासमा ओली र नेपाल समूहको छलफल भयो । ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र शंकर पोखरेलगायत कोटेश्वर निवास पुगेका थिए । नेपाल पक्षबाट स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेता सहभागी रहेका छन् ।

आइतबार नेपाल निवासमा भएको भेलाले पार्टी र सरकार दुवैतिर ओलीको नेतृत्व असफल भएकोले विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेपछि बालुवाटार तरंगित भएको हो । त्यसपछि दुबै समुहका नेताहरु छलफल गर्दै मिलेर अगाडी बढने बिषयमा कुराकानी गरेको एक सदस्यले बताए ।

तर, दुबै तर्फका नेताहरु आ–आफ्नै अडानमा अडिग छन् । दाहाल, नेपाल समुह बैठक बोलाउँने र ओली समुह बैठक नबोलाउने पक्षमा भएकाले समस्या झन्झन् बढ्दै गईरहेको छ । आन्तरिक विवादले जटिलता बढदै गएपछि त्यसलाई समाधान गर्न दुबै तर्फका नेताहरुले सहजिकरण गर्न खोजेका हुन् ।

अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र ओलीविरुद्धको मत बलियो बन्दै गएको छ । यता ओलीको विकल्प खोज्ने भन्दै अध्यक्ष दाहाल, नेपाल, खनाल र गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको छ ।

स्थायी समितिको बैठक बोलाउन र त्यसमै ओलीको विकल्पबारे छलफल गर्न दाहाल, नेपाल, खनाल र गौतम समूह सक्रिय भएका छन् भने ओली स्थायी समिति बैठक नबोलाउने पक्षमा छन् ।

नेकपाको ४४ सदस्यीय स्थायी समितिमा दाहाल र नेपाल समूहका ३२ सदस्य छन् । ओली पक्षमा जम्मा १२ जना मात्रै छन् । यसले गदौ ओली पक्षम कमजोर देखिएको छ । २० भन्दा बढी स्थायी कमिटी सदस्यले यस अघि नै दुबै अध्यक्षलाई सम्बोधन गर्दै बैठक बोलाउँन माग गरिसकेका छन् ।

बैठक बोलाउँन ओलीले आलटाल गरिरहेको निष्कर्ष सहित सोमबार दाहाल निवास खुमलटारमा शिर्ष नेताहरु बीच छलफल भएको छ । दाहाल, नेपाल, खनाल, गौतम लगायतका नेताहरु सहभागि बैठकले ओलीले बैठक बोलाउँने बिषयमा आलटाल गरिरहेकाले कडा रुपमा प्रस्तुत हुने निष्कर्ष निकालेका छन् । छलफलमा सहभागि एक नेताका अनुसार बैठक कुनै पनि हालतमा बोलाउँनै पर्ने निष्कर्ष सबैको रहेको बताए ।

यसअघि ओली सरकारी निवास बालुवाटारमा, अर्का अध्यक्ष दाहाल खुमलटार र वरिष्ठ नेता कोटेश्वर निवासमा छुटाछुटै बैठक गर्दै आफू निकटका स्थायी कमिटी सदस्यहरुसंग निरन्तर छलफल गरेका थिए ।

नेकपा एक स्थायी कमिटी सदस्यका अनुसार पछिल्लो समय नेताहरु बीच बढदै गईरहेको धु्रवीकरणका बीच अगामी रणनीति तय गर्न शिर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आफू निकटका नेताहरुलाई राखेर उनीहरुले अगामी रणनीति तय गर्नमा जुटेको उनले बताए ।

‘कोही पनि आफ्नो अडानबाट पछि हटने संकेत देखिएको छैन्, आफू निकटका नेताहरुसंग अगामी रणनीतिका बारेमा छलफलमै शिर्ष नेता हुनुहुन्छ’ स्थायी कमिटीका ति सदस्यले भने, ‘यो समुहगत बैठकले भोलीको दिनमा नेकपाको आन्तरिक जीवनमा ठुलो नोक्सान पुग्नेछ ।’

संवैधानिक परिषद र राजनीतिक दल सम्बन्धीको व्यवस्थामा अध्यादेश मार्फत सरकारले कानूनमा सशोधन गर्न खोजेपछि सत्तारुढ नेकपामा विवाद बढेको होे । नेकपा भित्र र बाहिर चर्को विवाद र दवाव बढेपछि सरकारले सो अध्यादेश फिर्ता लिईसकेको छ । तर सरकारको पछिल्लो अध्यादेश ल्याउँने निर्णय, सरकार र पार्टी सञ्चालन लगायतका एजेण्डामा छलफल गर्नुपर्ने माग गर्दै बैठक बोलाउँने माग नेकपा छ ।

प्रतिक्रिया दिनुहोस्