भाटभटेनीले १२० को सामान २२० मा बेच्यो, ३ लाख जरिवाना



काठमाडौं : भाटभटेनी सुपरमार्केट टंगालले भाटभटेनीले १२० को सामान २२० मा बेचेको भेटिएको छ ।

उपभोग्य सामानमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) १ सय २० रुपैयाँ तोकिएको लाखमरी मिठाईलाई २ सय २० रुपैयाँमा बेचेको भेटिएको हो ।

यसरी तोकिएभन्दा बढी मूल्य असुलेको भेटिएपछि सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ।

भाटभटेनीले बढी मूल्यमा सामान बेचेको गुनासो उपभोक्ताबाट आएपछि विभागले अनुगमन गरेको थियो ।

अनुगमन शाखा निर्देशक सागर मिश्रले बढी मूल्य असुलेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ बमोजिम कारबाही गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्