पर्सागढी नगरपालिकाका वडाअध्यक्ष गौरो लकडाउन प्रभावितको उद्दारमा जुटे



वीरगन्ज : पर्साको पर्सागढी नगरपालिकामा लकडाउन प्रभावित अतिविपन्न परिवारको लागि राहत वितरण गरिएको छ । नगरपालिकाको वडा नम्बर ९ को बर्डेवा, तेलिया र एकटांगाका १८१ जना अतिविपन्न परिवारलाई राहत वितरण गरिएको वडा समितिका वडा अध्यक्ष रामनारायण प्रसाद गौरोले बताए ।

वडाका सर्वपक्षिय समितिले गरेको निर्णयको आधारमा सरकारको निति निर्देशनको पालना गर्दै तीनवटै गाउँका अतिविपन्न परिवारको पहिचान गरी राहत उपलब्ध गराईएको उनले बताए ।

प्रत्येक परिवारलाई २० किलो चामल, २ किलो मसुर दाल, २ किलो नुन, खाने तेल १ किलो, नुहाने र लुगाधुने साविन ४ पिस राहत स्वरुप उपलब्ध गराईएको हो ।

वडामा कुल जनसंख्या ३ हजारको हराहरीमा छन, जसमध्ये सर्वपक्षिय समितिले नै १८१ जना अतिविपन्न परिवारलाई छनौट गरेको थिए वडा अध्यक्ष गौरोले भने, त्यसकै आधारमा नगरपालिकाले उपलब्ध गराएको राहत सोमबार ईलाका प्रहरी कार्यालय एकटांगाको सहयोगमा व्यवस्थित र लकडाउनको नियमको पालना गर्दै वितरण गरेका हौं ।

राहत वितरणमा छुटेकालाई आफनो व्यक्तिगत तर्फबाट पनि सहयोग गर्न तयार छु । उनले भने, लकडाउन शुरु भएलगतै वडाका प्रत्येक परिवारमा माक्स, सेनेटाईजर र हात धुने साबुन आफनै लगानीमा वितरण गरेको छु । सरकारले राहत उपलब्ध गराए वा नगराए पनि लकडाउनकै कारण आफना जनतालाई भोकभोकै बस्न नदिने प्रतिबद्धता समेत उनले जनाएका छन् ।

यसअघि वडा अध्यक्षले आफनो वडामा विपद् व्यवस्थापनको लागि छुट्याएको कोषबाट पनि आफनो जनताको राहतमा खर्च समेत गरेका छन । विपद् कोषमा छुट्याएको तीन लाख रकम मध्ये केहि रकम जनताको राहतको लागि पनि खर्च गरीसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्