कोरोना भाइरस : अमेरिकामा १० लाख संक्रमित, ५६ हजारको मृत्यु



एजेन्सी : ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५६ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार २३६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ५६ हजार ६४९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार ८३३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १० लाख ८ हजार ४३ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये १ लाख ३७ हजार ७३९ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ८ लाख १३ हजार ६६५ जनामध्ये १४ हजार १७५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्