स्पेनमा कोरोना भाइरसको संक्रमणले २३ हजारभन्दा बढीको मृत्यु



एजेन्सी : अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म स्पेनमा पछिल्ला २४ घण्टामा कोरोना भाइरसले ३३१ जनाको मृत्यु भएको छ भने २ हजार ७९३ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै कुल मृतकको संख्या २३ हजार ५२१ पुगेको छ भने संक्रमितको संख्या २ लाख २९ हजार ४२२ पुगेको छ ।

१ लाख २० हजार ८३२ जना उपचारपछि निको भएका छन् । ८५ हजार ६९ जना उपचाररत छन् । त्यसमध्ये ७ हजार ७६४ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्