वडाध्यक्षले आफ्ना मान्छेलाई राति-राति राहत बाँडेको भन्दै मजदुर आक्रोशित



काठमाडौं : राहत नपाएको गुनासो गर्दै मजदुरले सोमबार पोखरा महानगरपालिका कार्यालयमा दिनभर धर्ना दिए।

पोखरा ९, कृष्णटोलको सुकुम्बासी टोलका मजदुरले आफूहरुले महानगरको राहत नपाएको गुनासो गर्दै धर्ना दिएका हुन् । तर उनीहरुलाई महानगरले राहत आश्वासनबिनै घर फर्काएको छ।

पोखरा–९, कृष्णटोलका मजदुरको सम्बन्धमा छलफल गर्न कार्यालय प्राङ्गणमा नगरप्रमुख मानबहादुर जिसी लगायत सरोकारको सर्वपक्षीय बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

बैठकमा सहभागी पोखरा वडा ९ का वडाध्यक्ष रामराज लामिछानेले बैठक बिनानिष्कर्ष टुंगिएको र अब मंगलबार पुनः बैठक बसी निर्णय गरिने बताए ।

बैठकमा महानगर प्रमुख, उपप्रमुख, कर्मचारी, पोखरा ९ सहित छिमेकी वडा ८ का अध्यक्ष रुद्रनाथ बराल, वडा ७ का अध्यक्ष रामचन्द्र बराल, सुरक्षा निकाय, स्थानीय टोल विकास संस्था, आमा समूह लगायतको उपस्थिति थियो ।

बैठकले आफूहरुको राहतको लागि कुनै आश्वासन नदिएको भन्दै न्यूरोडस्थित कार्यालय बाहिर लगातार धर्ना दिइरहेका करिब ३ सय जना मजदुरले आक्रोश पोखे।

उनीहरुले वडा कार्यालय र आमा समूहले ‘आफ्नो मान्छे’ खोजी खोजी र रातिराति बोलाएर राहत दिएपनि आफूहरुलाई वञ्चित गरेको आरोप लगाएका छन् ।

बैशाखी सहारामा अडिएका स्थानीय बुद्धिबहादुर बिकले आक्रोशित बने, ‘हामीहरुले यिनीहरुको चालवाजी बुझ्यौं। अब चुनावको बेलामा भोट माग्न आउलान् निरु’

लकडाउनको बेलामा पनि सामाजिक दुरी त कहाँ हो कहाँ, एकाएक हुलका हुल मजदुर देखा परेपछि सम्भावित अप्रिय घटना हुन नदिन व्यापक रुपमा सुरक्षाकर्मी समेत खटाइएको थियो । मजदुरले आइतबार र सोमबार बिहान पनि नयाँबजारस्थित वडा कार्यालयमा समेत धर्ना दिएका थिए।

मजदुरहरूले वडा कार्यालय र आमा समूहले ‘आफ्नो मान्छे’ खोजी खोजी र रातिराति बोलाएर राहत दिएपनि आफूहरुलाई वञ्चित गरेको आरोप लगाएका छन्। अधिकांश सुकुम्बासी तथा ज्याला मजदुरी गरी बस्ने कृष्णटोलमा हाल १ सय ९४ घरधुरी छन्। आचको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्